Aamsanchar

विश्व पर्यटन दिवस नारा चाहिँ ‘Tourism and Peace’

Author Image
शुक्रवार, असोज ११, २०८१

पाहुना को अर्थ भगवान्
अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशैलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको छैन ।

सेप्टेम्बर २७
सबैका लागी पर्यटनस् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठुलो उद्योग हो, हामी घरमा बसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपाङ्गता या चोटपटकका कारणले या साना बच्चाहरूको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरू कहिकता घुम्न जान या पर्यटनको लाभउठाउन वञ्चित भइरहेका होलान्, तर ढिलो या चाँडो पर्यटनको विश्वव्यापी सहज पहुँच र पर्यटनको फाइदा सबै जनाले प्राप्त गर्न पाउनुपर्दछ । वर्ष २०२४ मा चाहिँ विश्व पर्यटन दिवसको नारा चाहिँ ‘Tourism and Peace‘ रहेको छ ।

सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ जसले गर्दा हामी बाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकुन, अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्त्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)