Aamsanchar

लिग-२ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित

Author Image
शुक्रवार, असोज ११, २०८१

काठमाडौँ । क्यानडाले घरेलु मैदानमा खेलेको आइसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले चारै खेल जितेर सिरिज कब्जा गरेको हो ।

ओमानले दिएको १९९ रनको लक्ष्य पछाएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

यो जितपछि क्यानडाले लिग–२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानले भने लिग– २ मा चौथो हार बेहोरेको छ । ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर