Aamsanchar

आन्तरिक उडान र अवतरण प्रभावित

Author Image
शुक्रवार, असोज ११, २०८१

काठमाडौं – भारी वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित भएको छ।

भिडिजबिलिटी कम हुँदा अधिकांस विमानको उडान तालिका प्रभावित भएको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले जानकारी दिएको छ।

सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएका छन् । विराटनगर र लुक्लाका सबैजसो उडान रद्द गरिएका छन्।

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने उडान अवतरण सामान्य छ । अन्तर्राष्ट्रिय उडान अवतरण भने सामान्य रुपमा भइरहेको छ । आज वर्षाकै कारण कुनै पनि माउण्टेन फ्लाइट भएका छैनन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर