Aamsanchar

कोशी पर्यटन वर्ष घोषणा गरिँदै

Author Image
शुक्रवार, असोज ११, २०८१

तिङबुङ पोखरी पाँचथर

कोशी प्रदेश सरकारले आज (शुक्रबार) पर्यटन वर्ष–२०८२ घोषणा गर्ने भएको छ । प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज विराटनगरमा एक कार्यक्रमगरी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्ने भएका हुन् ।

सरकारले पर्यटन वर्ष २०८२ मनाउन चालु वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन वर्षले प्रदेशमा पर्यटकको संख्या र बसाई अवधिलाई २५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य छ ।

पर्यटन वर्षमा पर्यटकीय गन्तव्यको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ । ‘रमणीय कोशी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पर्यटन वर्ष अभियानका लागि ८२ गन्तव्यको सूची तय गरिएको छ ।

पर्यटन तथा वन मन्त्रालयले आउँदो वर्ष २०८२ लाई पर्यटन वर्षको रूपमा मनाउन ८२ का लागि ८२ भन्ने नारा अगाडि सारेको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्ष २०८२ मा ८२ वटा पर्यटकीय स्थलहरूको पहिचान गर्ने, विकास गर्ने र प्रवर्द्धन गर्ने काम प्रदेश सरकारले अगाडि बढाउने उनले बताए ।

पर्यटन वर्षमा १६ लाख हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्यमा राखिएको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)