Aamsanchar

कुनै पनि वेला कुलेखानी ड्याम खोल्नुपर्ने हुनसक्ने

Author Image
शुक्रवार, असोज ११, २०८१

काठमाडौँ – कुलेखानी प्रथम जलविद्युत केन्द्रले अविरल वर्षाका कारण कुलेखानी ड्याममा पानीको सतह बढेर कुनै पनि समयमा ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै सावधानीका लागि सूचना जारी गरेको छ।

केन्द्रले इन्द्रसरोबर गाउँपालिका मार्खुलाई उक्त सूचनाबारे स्थानीयलाई जानकारी गराइदिन समेत अनुरोध गरेको छ।

सूचनामा कुलेखानी ड्याममा पानीको सतह बढ्ने र मुख्य ड्यामको ढोका खोल्दा बागमती खोलाको बहाब बढ्न गई तटीय क्षेत्रमा कुनै पनि वेला डुबान हुनसक्ने सम्भावना रहेको जनाइएको छ।

सो क्षेत्र वरिपरिका स्थानीयलाई समयमै सुरक्षित रहन र उच्च सतर्कता अपनाउन पनि भनिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर