Aamsanchar

बाढीले बगाएको मोटरसाइकल फेला, चालक बेपत्ता

Author Image
शुक्रवार, असोज ११, २०८१

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको वनस्थलीस्थित अन्नपूर्णचोक नजिक बाढीले बगाएर एकजना बेपत्ता भएका छन् ।

काठमाडौँ महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोक नजिक बा।प्र।०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल आज साँझ ६ः१५ बजेको समयमा बाढीले बगाएको हो ।

बाढीले बगाएको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई काठमाडौँको रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ बेपत्ता भएका उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर