काठमाडौँ – चितवनको ईच्छाकामना गाउँपालिका ३ र गोरखाको गण्डकी गाउँपालिका १ को सिमानामा पर्ने निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोगमा रहेका २ वटा टिपर त्रिशूली नदीले बगाएको छ । शुक्रवार साँझ ७ : १५ मा २ वटा टिपर त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको हो ।त्यस्तै १० बजे थप एउटा टिपर र २ वटा स्काभेटर बगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।