Aamsanchar

झ्याप्ले खोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव फेला, थप गाडी पुरिएको शङ्का

Author Image
आइतवार, असोज १३, २०८१

काठमाण्डौ – धादिङको झ्याप्ले खोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसबाट तीन जनाको शव र अर्को माइक्रोबसबाट १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।

गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज तीन जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डौ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबसबाट चार जना महिला र नौ जना पुरुषको शव निकालिएको छ ।

यस्तै बुटवलबाट काठमाण्डौका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । यो माइक्रोबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।

हिजो शव निकालिएकामध्ये तीन जना गुल्मीको मदाने गाउँपालिकाका–६ का र तीन जना गुल्मीदरबार गाउँपालिकाको चारपालाका रहेका खुलेको छ । झ्याप्ले खोलाको पहिरोले अरू पनि गाडी पुगेको शङ्कामा खोजी भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर