Aamsanchar

धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुग्यो

Author Image
आइतवार, असोज १३, २०८१

काठमाडौं – धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ। आज मात्रै थप २१ वटा शव झिकिएको छ। हिजो १४ वटा शव निकालिएको थियो। योसँगै तीनवटा यात्रुबाहक सवारीबाट ३५ जनाको शव फेला परिसकेको हो।

आज भेटिएका १६ जनाको शव चितवनबाट आएको बा३ज १३४५ नम्बरको हाइसका यात्रुको रहेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको सम्पर्कविहीन भएको भनिएको बस पनि पहिरोमै पुरिएको अवस्थामा भेटिएको छ।

उक्त बसबाट पाँच जनाको शव निकालिएको डिएसपी थापाले बताए। बुटवलबाट काठमाडौं आउँदै गरेको विङ्गर हाइसबाट हिजो १४ जनाको शव निकालिएको थियो। घटनास्थल हेर्दा पहिरो खस्न थालेपछि गाडीहरु साइड लागेर सुरक्षित हुन खोजेको तर त्यहीँ ठूलो पहिरो खसेको देखिएको डिएसपी थापाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)