Aamsanchar

बडादसैँको शुभसाइत कुन देशमा कहिले ?

Author Image
आइतवार, असोज १३, २०८१

काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका नेपालीका निम्ति आउँदो बडादसैँको शुभसाइत सार्वजनिक गरेको छ । यही असोज ११ गते बसेको बैठकबाट विभिन्न देशका निम्ति दसैँको शुभसाइत तय गरिएको समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

नेपालका निम्ति भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै शुभसाइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

समितिका अनुसार, भारतको देहली (दिल्ली)मा सन् २०२४ अक्टोबर १२ को बिहान ११:४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ । अमेरिकाको न्युयोकमा २०२४ अक्टोबर १२ को बिहान १०:०१ मा शुभसाइत रहेको छ । अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११:२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११:३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

विभिन्न देशका निम्ति सूची हेर्नोस्–

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज दशमी श्राद्ध
शुक्रवार, असोज ११, २०८१
गुरुङ्ग जाति शब्दको उत्पत्ति
बिहिवार, असोज १०, २०८१
आज नवमी श्राद्ध
बिहिवार, असोज १०, २०८१