Aamsanchar

मोरङमा आगलागी हुँदा एउटा घर जलेर नष्ट, १५ लाख बराबरको क्षति

Author Image
सोमवार, असोज १४, २०८१

विराटनगर – मोरङको रंगेली नगरपालिका–९ शान्ति चोकमा आइतबार साँझ आगलागी हुँदा एउटा घर जलेको छ। प्रहरीका अनुसार साँझ ६:४५ बजेतिर लागेको आगोले मुकुन्दप्रसाद कोइरालाको अढाई तले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद, महत्वपूर्ण कागजात सबै जलेर ध्वस्त भएको हो। आगलागीको कारण खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनामा १५ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ। प्रहरीले आगलागीको अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर