Aamsanchar

पानीको बहाव घटेपछि सप्तकोसी ब्यारेजका ४० ढोका मात्र खोलियाे

Author Image
सोमवार, असोज १४, २०८१

बिराटनगर  – सप्तकोसी नदीमा पानीको बहाव घट्दो क्रममा छ । तर, जलसतह अझै खतरा तहमा रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कन्ट्रोल रुमका अनुसार, सोमबार बिहान गरिएको मापनमा कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड दुई लाख ५४ हजार क्युसेक छ । हाल ब्यारेजका ४० ढोका खोलिएको कन्ट्रोल रुमले जनाएको छ ।आइतबार (हिजो) बिहान सप्तकोसीमा पानीको बहाव ५६ वर्षयताकै उच्च थियो ।

आइतबार बिहान ३ बजे गरिएको मापनानुसार कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक थियो ।पानीको बहाव घट्न थालेसँगै आइतबार बेलुकादेखि ब्यारेजमा पुनः दुईतर्फी यातायात सञ्चालन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)