Aamsanchar

चतुर्दशी श्राद्ध

Author Image
सोमवार, असोज १४, २०८१

चतुर्दशी श्राद्ध
सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् ।
पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज दशमी श्राद्ध
शुक्रवार, असोज ११, २०८१
गुरुङ्ग जाति शब्दको उत्पत्ति
बिहिवार, असोज १०, २०८१