Aamsanchar

इलाममा तीन दिन र ताप्लेजुङमा चार दिन पछि विद्युत् आपूर्ति

Author Image
मङ्गलवार, असोज १५, २०८१

झापा – चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ। शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः४० बजेपछिबाट सुचारु भएको हो।

अविरल वर्षासँगै गएको पहिरो र बढीका कारण इलाम खण्डमा काबेली कोरिडोरको टावर पोल ९खम्बा० ढलेपछि विद्युत सेवा अवरुद्ध बनेको थियो। विद्युत सेवा अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर इलाम जिल्ला अन्धकारमय भएको थियो।

नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रका अनुसार १३३ केभी पुरानो प्रसारण लाइनलाई मर्मत गरेपश्चात् विद्युत् सेवा सुचारु भएको हो। अहिले तीनवटै जिल्लामा विद्युत आपूर्ति सुचारु भएको पनि वितरण केन्द्रले जनाएको छ। बाढीपहिरोले ढालेका काबेली कोरिडोरका पोल निर्माण गर्न भने कम्तीमा दुईरतीन महिना लाग्ने बताइएको छ।

यता विद्युत आपूर्ति बन्द हुँदा सदरमुकाम फुङ्लिङसहित सिङ्गो प्रभावित बनेको थियो। उज्यालो बत्तीसँगै विद्युतको प्रयोगबाट गर्नुपर्ने सबै सेवाहरू प्रभावित बनेका थिए। बैङ्किङ कारोबार ठप्प भएको थियो। विद्युतका कारण एटिएम, चेक सटही, नगद जम्मा गर्नेसहित बैङ्किङ ठप्प हुँदा उपभोक्ता तथा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको थियो।

जिल्लामा सञ्चालित कलकारखाना, उद्योग धन्दा प्रभावित बनेका थिए भने सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहमा समेत समस्या आएको थियो। अब विद्युत आपूर्ति सुचारु भएपछि जिल्लाको जनजीवन सामान्य बन्ने छ।

यता

तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि इलाममा सुचारु भएको छ। इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरको तीनवटा विद्युत पोल ढलेपछि जिल्ला अन्धकार भएको थियो।

पुरानो १३३ केभी प्रसारण लाइनलाई मर्मत गरेर विद्युत् सेवा सञ्चालन गरिएको विद्युत् प्राधिकरण इलामका प्रमुख बिजलीप्रसाद यादवले बताउनुभयो। आज साँझसम्ममा जिल्लाका सबै स्थानमा बत्ती बल्ने यादवले जानकारी दिनुभयो।

बाढीका कारण ढलेका काबेली कोरिडोरका पोल भने निर्माण गर्न कम्तीमा दुईरतीन महिना लाग्ने यादवको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर