
फायल तस्बिर


झापा –झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा साेही गाउँपालिका-३ का अन्दाजी ६५ वर्षीय बृद्ध वाङदी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेको समयमा हल्दिबारी-३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काटी फर्कने क्रममा गुरुङमाथि हात्तीले आक्रमण गरेका थिए ।

८ देखि १० वटा हात्तीले लखेटेका उनलाई लछारपछार गरी कुल्चिएर मारेको डीएसपी चन्दले बताए ।
Views: 58


