सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रति मृतकका परिवारलाई २-२ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका थिए । हेटौंडा उपमहानगरपालिका(१२ का मृतक अनुपम घलानका बाबु ललित घलानलाई २ लाख रुपैयाँ प्रजिअ चिलुवालले हस्तारन्तरण गरेका थिए । घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुन् ।
यसैगरी मकवानपुरगढी-४ का मृतक साइमन योञ्जनका बाबु हेमबहादुर योञ्जनलाई प्रजिअ चिलुवालले २ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । उक्त राहत रकम हस्तान्तरण गर्न मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु पुगेका थिए ।
मकवानपुरको सिस्नेरी टेकरका दिवस बानियाँको परिवारलाई शुक्रबार सिस्नेरीस्थित घरमा नै गएर उक्त राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलवाल बताए । हेटौंडाबाट सिस्नेरी पुग्नु कुलेखानी ड्याम नजिकबाट झन्डै तीन घन्टा पैदल हिँडनु पर्छ । सिस्नेरीको पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको पहिरोले पुरेर मृत्यु भएको थियो । मृत्यु हुनेमा मकवानपुरका तीन जना बाहेक अन्य तीन जनामा सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी थिए । इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१४ क्याम्पका ४० खेलाडीमध्ये ६ जना पहिरोमा परेर ज्यान गुमाएका थिए ।