Aamsanchar

भारत पश्चिम बङ्गाल सरकारको पर्यटकीय गन्तव्य सुचीमा कनकाईको जामुनखाडी 

Author Image
शुक्रवार, असोज १८, २०८१

कनकाई ।  झापाको कनकाई नगरपालिका १ र २ नम्बर वडा मा पर्ने जामुनाबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले भारतबाट अवार्ड प्राप्त गरेको छ ।
समितिले आज (शुक्रवार) सामुदायिक बनको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर भारतको पश्चिम बङ्गाल सरकार अन्तरगतको हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डिभलोपमेन्ट नेटवर्कले सर्टिफिकेट अचिभमेन्ट प्रदान गरेको जानकारी दिएको हो ।

सस्टेनेबल टुरिजम डेस्टिनेसन अफ द इयर शीर्षकमा अवार्ड हासिल गर्न सफल भएको मितिका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिए । उक्त अवार्ड प्राप्तसँगै दुवै देशको पर्यटकीय क्षेत्रका लागि थप सहकार्य गर्न सहज हुने विश्वास गरिएको र भारत पश्चिम बङ्गाल सरकारको पर्यटन विभागले नेपालको जामुनखाडीलाई पनि पर्यटकीय गन्तव्य सुचीमा राखेको अध्यक्ष गिरीले बताए ।

विश्व पर्यटन दिवसको अवसर पारेर नेटवर्कले बिभिन्न २४ वटा शीर्षकमा अवार्ड बितरण गरेको मध्ये सस्टेनेबल टुरिजम डेस्टिनेसन अफ द इयर नामक अवार्ड जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले प्राप्त गर्न सफल भएको समुहका सचिव दीपक ओलीले जानकारी दिए ।

कार्यक्रममा समुहकी उपाध्यक्ष रेनुका खवास, सल्लाहकार अनिरुद्र ओली, बुद्धिमान बोहोरा, कोषाध्यक्ष जीतकुमारी सापकोटा, कार्यसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर