Aamsanchar

सुनको भाउ

Author Image
आइतवार, असोज २०, २०८१

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यबाट तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा तीन सयले घटेर तोलाको एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो ।

आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर