Aamsanchar

बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ पुग्यो,१८ जनाको अवस्था अज्ञात

Author Image
सोमवार, असोज २१, २०८१


काठमाण्डौ –
अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुगेको छ । १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

त्यस्तै एक सय ७८ जना घाइते भएका छन् । बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाको ज्यान गएको छ।

जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ । यस्तै ललितपुरमा ४६, धादिङमा ३९, काठमाण्डौमा १९, सिन्धुपाल्चोकमा १० जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर