गोरखा – गएराती गोरखाको च्याङ्लीमा खुकुरी प्रहार गरी महिलाको हत्या भएको छ। मध्यरात १२ बजेतिर पालुङ्टार नगरपालिका- ७ पुर्ने पिपलस्थित आफ्नै घरभित्र अपरिचित व्यक्तिको खुकुरी प्रहारबाट २८ वर्षकी रश्मि कुमालको हत्या भएको प्रहरीले जनाएको छ।
घटना भएलगत्तै डुम्रेस्थित लक्ष्मी सामुदायिक अस्पतलामा सामान्य उपचारपछि राती दुई बजे दमौली अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनास्थलमा अस्थायी प्रहरी पोस्ट बिरुवाटार र ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। मोबाइल एसएमएस चेक गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको तर उनी राती नै फरार भइसकेको प्रहरीले जनाएको छ।
रश्मीका श्रीमान विदेशमा रहेको र उनकै आफन्त घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 69