Aamsanchar

तलेजु भवानीको मन्दिर आज बिहानैदेखि खुला

Author Image
शुक्रवार, असोज २५, २०८१

काठमाण्डौ – वर्षमा एक दिन खुल्ने काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानीको मन्दिर आज बिहानैदेखि खुला भएको छ । वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र तलेजु भवानीको मन्दिर खुल्ने गर्छ । आज बिहान ४ बजेदेखि नै तलेजुका मन्दिरहरु सर्वसाधारणका लागि खुला गरिएको हो ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका तलेजु मन्दिर आजकै दिन खुला गरिन्छ । आजका दिन तलेजुको दर्शन गर्न सर्वसाधारणको भीड लाग्ने गर्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ ।

दशैँको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइन्छ । आज कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लैजाने परम्परा पनि छ । आज नेवार समुदायले घरघरमा कुमारी बालिकालाई मयूर आसनमा राखेर कुमारी पुजा गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१