Aamsanchar

अमेरिकामा ‘मिल्टन’ आँधीका कारण १६ जनाको ज्यान गयाे

Author Image
शुक्रवार, असोज २५, २०८१

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।

फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा बस्ने मानिसले ठूलो आँधीबेहरीको सामना गरिरहेका छन् । जनजीवन निक्कै प्रभावित भएको छ । आँधीको केन्द्रको उत्तरपश्चिममा ७० माइल अर्थात् एक सय १० किलोमिटरसम्म आँधी फैलिएको छ । ‘मिल्टन’ आँधी आज दिउँसो उत्तर–पश्चिमी बहामासको उत्तरमा जाने खबरमा उल्लेख छ ।

फ्लोरिडामा दुई हप्ताअघि मात्रै पनि ‘हेलेन’ नामको आँधीले क्षति गरेको थियो । हेलेन आँधीले अमेरिकाका छ वटा राज्यमा गरेर कम्तीमा दुई सय २५ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर