Aamsanchar

बीपी राजमार्गमा सुख्खा पहिरोले एउटा बस र सुमो पुरियाे

Author Image
शुक्रवार, असोज २५, २०८१

काठमाडौं : बीपी राजमार्गमा सुख्खा पहिरोले एउटा बस र सुमो पुरिएको छ। बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड‍ आज बिहानबाट सुचारु भएको थियो। पहिरो गएपछि अस्थायी ड्राइभर्सन फेरि बन्द भएको छ।

सवारीसाधन सुचारु भइरहेको समयमा बीपी राजमार्गको रोशी गाउँपालिका-११ बुलढुङ्गामा सुख्ख पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको राज मैनालीले जानकारी दिए। उनका अनुसार मानवीय क्षति भएको छैन। पहिरो पन्छाउन गएको जेसिबी मेसिन पनि भर्खरै पल्टिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर