Aamsanchar

क्षतिग्रस्त बनेको सडक र पुल निर्माण गर्न २५ अर्ब भन्दाबढी आवश्यक पर्ने मन्त्री दाहालको भनाइ

Author Image
शुक्रवार, असोज २५, २०८१

झामा- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले केही दिन अघिको वर्षाले भौतिक निर्माण क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभएको छ । विभिन्न सडक क्षतिग्रस्त बनेको र यसको पुन निर्माणमा २५ अर्बभन्दा बढी आवश्यक पर्ने देखिएको उहाँले जनाउनुभयो ।

शुक्रबार झापाको दमकमा स्थानीय सडक तथा ट्राफिक व्यवस्थापन दमकले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले डाइभर्सनको माध्यमबाट विभिन्न सडकहरु सुचारु गरिएपनि पुन निर्माणका लागि निक्कै समय लाग्ने उल्लेख गर्नुभयो ।

भत्किएका सडक पुन निर्माणका लागि कम्तीमा पनि तत्कालै अढाइ अर्ब आवश्यक पर्ने देखिन्छ, उहाँले भन्नुभयो । क्षति भएका पुलहरु बनाउनका लागि २० देखि २५ अर्ब लाग्ने अनुमान गरिएको उहाँको भनाइ छ । हामी चाँडोभन्दा चाँडो सडक पुन निर्माणको कामलाई अघि बढाउदैछौँ, उहाँले भन्नुभयो ।

स्थानीय यातायात व्यवसायीले बारम्बार उठाउँदै आएको रातो नम्बर प्लेटको सवारी साधनहरुले भाडामा मान्छे बोक्ने गरेको बिषय देशव्यापी समस्या भएको जनाउँदै यो समाधान गर्न लाग्ने मन्त्री दाहालले बताउनुभयो । उहाँले नयाँ यातायात नीति आएपछि धेरै कुरा सम्बोधन हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर