Aamsanchar

एक हप्ता भइसक्दा पनि पाँच पर्वतारोहीको शव हिमालमै

Author Image
सोमवार, असोज २८, २०८१

काठमाण्डौ – धवालागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्ता भइसक्दा पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ ।

प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । अनुकुुल मौसम भएमा आज शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको पनि उहाँले बताउनुभयो ।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु गएको असोज २१ देखि सम्पर्कबिहिन भएकोमा २३ गते शव भेटिएको थियो । ‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतारोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर