Aamsanchar

हात्तीको आक्रमणबाट इलाम र बारामा एक/एक जनाको मृ*त्युु

Author Image
मङ्गलवार, असोज २९, २०८१

झापा – इलामको चुलाचुली गाउँपालिका–१ मा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको ज्यान गएको छ । हिजो बेलुका गाउँ पसेका हात्ती भगाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते हुनुभएको थियो । राईलाई झापाको दमकमा रहेको लाइफलाइन अस्पताल लगिएकामा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैबीच हिजो नै बारामा हात्तीको आक्रमणबाट कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षका हस्तबहादुर थोकरको ज्यान गएको छ । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

यसैबीच सर्लाहीको बरहथवा–९ मुर्तियामा जङ्गली हात्तीले धानबाली नष्ट पारेको छ । गएराति आएको तीन वटा जङ्गली हात्तीले ३५ बिघा क्षेत्रमा लगाएको धानबाली खाएर नष्ट पारेको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर