Aamsanchar

सुनचाँदीको भाउ बढ्यो

Author Image
मङ्गलवार, असोज २९, २०८१

काठमाण्डौ – दशैँ बिदापछि आजको कारोबारमा सुनचाँदीको भाउ बढेको छ । आज दशैँ बिदापछि कारोबार भएको पहिलो दिन सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दशैँ बिदाअघि असोज २३ गते बुधवार सुनको भाउ तोलामा एक लाख ५९ हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । दशैँ बिदाअघि चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर