Aamsanchar

जनकपुर बोल्ट्सकाे मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

Author Image
मङ्गलवार, असोज २९, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त गरेको छ। नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदुलाई जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा अनुबन्धन गरेको हो।

नेपालको राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक पुबुदुको नेतृत्वमा सन् २०१४ को विश्वकप क्रिकेट खेलेको थियो। उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए। जनकपुरको मार्की खेलाडी आसिफ शेख छन्।

पुबुदुले नेपाल प्रिमियर लिग एसोसियट राष्ट्रहरुमध्येको उत्कृष्ट फ्रेन्चाईज लिग हुन गइरहेको भन्दै खुसी व्यक्त गरेका छन्। जनकपुरको टिमले अक्सनमार्फत ललित राजवंशी, अनिल साहलगायतका खेलाडीलाई अनुबन्धन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म प्रतियोगिताको आयोजना गर्दैछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर