Aamsanchar

लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प, एक हजार भन्दाधेरै विदेशी पर्यटक समस्यामा

Author Image
बुधवार, असोज ३०, २०८१

सोलुखुम्बु – मौसम प्रतिकुलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प बनेको छ ।

मौसममा आएको परिवर्तनका कारण अस्ति सोमवारदेखि कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका अनुसार आइतवार ९० वटा उडानमार्फत झण्डै आठ सय जना पर्यटक भित्रिएको लुक्लामा त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । निरन्तर हुस्सुका कारण उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरु समस्यामा परेका छन् ।

जहाजको उडान प्रभावित भएसँगै पर्यटक लिएर आएका हेलिकप्टरहरु लुक्ला भन्दा केही तल सुर्केमा अवतरण भइरहेको छ । लुक्ला जान मन्थली पुगेका एक हजार तीन सय जना विदेशी पर्यटक दुई दिनदेखि रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले जानकारी दिनुभयो ।

जहाजको उडान प्रभावित हुँदा रोकिएका पर्यटकहरु सडक मार्गबाट सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खुम्बु जाने योजनाका साथ अघि बढेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के गइरहेको उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर