Aamsanchar

सुनको भाउ अहिलेसम्मकै उच्च, ताेलाकाे कति पुग्यो ?

Author Image
बुधवार, असोज ३०, २०८१

काठमाण्डौ – सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो । यसअघि यही असोज १८ गते सुनको भाउ तोलामा १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर