Aamsanchar

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाए

Author Image
बुधवार, असोज ३०, २०८१

काठमाण्डौ – वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको असोजमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६ दशमलव ३९ प्रतिशत रहेकोमा कात्तिकमा ६ दशमलव १८ प्रतिशतमा झरेको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा सामान्य बढाएको छ ।

कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एशिया र हिमालयन बैंकले ब्याजदर सामान्य घटाएका छन् । ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले भने स्थिर राखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर