Aamsanchar

ड्यामसाइडमा जुवा खेलिरहेका छ जना पक्राउ

Author Image
बिहिवार, कार्तिक १, २०८१

प्रतिकात्मक तस्बिर

पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१७ ड्यामसाइडमा जुवा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार ड्यामसाइडको होटेल स्यान्डी ब्लूममा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई सोही होटेलको रेखदेखको जिम्मेवारी पाएका ३८ वर्षीय नवीन थापा, स्याङ्जाकै पुतलीबजार नगरपालिका–७ घर भई पोखरा महानगरपालिका–१० मा बस्दै आएका ४० वर्षीय भेष बहादुर गुरुङ, पोखरा महानगरपालिका–१२ का ४३ वर्षीय शङ्कर थापा, पोखरा महानगरपालिका–१७ की ५३ बर्सिया सावित्री गुरुङ पुन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ घर भई पोखरा–७ मा बस्दै आएकी ३९ बर्सिया दुर्गा गुरुङ र पोखरा–१७ की ४९ बर्सिया आईती गुरुङ रहेका छन्।

उनीहरूको साथबाट एक लाख ८८ हजार चार सय २६ रुपैयाँ बरामद भएको सूचना अधिकारी शर्माले बताए।

सूचनाका आधारमा पुगेको प्रहरीले होटेल स्यान्डी ब्लूमको एउटा कोठामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवा सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर