Aamsanchar

साफ महिला च्याम्पियनसिप खेलमा भारतको पहिलो हाफमै ४ गोल

Author Image
बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४–१ को अग्रता लिएको छ ।

खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो । हाफको अन्त्यतिर पेनाल्टीमा गोल फर्काउँदै पाकिस्तानले खाता खोलेको हो ।

खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लिएको छ । ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकेनन् । बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन् ।

१७औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन् । मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन् ।

२७औं मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन् । लगत्तै प्रियांका देवी नाओरेमको लामो दुरीको प्रहारमा पनि निशाले सहजै बचाइन् । ३६औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन् ।
४३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४–१ को स्थितिमा ल्याएकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर