Aamsanchar

झापाको अर्जुनधारामा फलामको गेटले किचेर दुई बर्षिय बालकको मृत्यु

Author Image
शुक्रवार, कार्तिक २, २०८१

झापा- अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । गएराति ८ बजे अर्जुनधारा – ६ बस्ने सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो ।

आमा श्रेया अग्रवालसँग सोही ठाउँमा रहेको मामाघर ऋषि अग्रवालकोमा पाहुना आई फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर बालकलाई किचेको थियो । घाइते बालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज बिहान ६स्१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर