Aamsanchar

बिर्तामोड-भद्रपुर सडकखण्डमा म्याजिक गाडीको ठक्करबाट एक जनाकाे मृ*त्यु

Author Image
शुक्रवार, कार्तिक २, २०८१

झापा – म्याजिक गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने ६५ वर्षका भारतीय नागरिक आसारुलाल पानवारी छन् । बिर्तामोड नगरपालिका वडा नम्बर-३ बिर्ताबजारस्थित बिर्तामोड-भद्रपुर सडकखण्डमा दुर्घटना भएको थियो ।

जसमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको गाडीले भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड नगरपालिका वडा नम्बर ३ शैनिकमोडमा डेरा गरी बस्ने पानवारीलाई बिहीबार अपराह्न ठक्कर दिएको थियो । बिर्तामोडको एक अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीका चालक कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने ४६ वर्षका मानबहादुर भुजेललाई नियण्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर