Aamsanchar

खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, बचाउन गएका दुई बालिका घाइते

Author Image
शुक्रवार, कार्तिक २, २०८१

जनकपुरधाम – महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई बालिका घाइते भएका छन् ।

गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर