Aamsanchar

मोरङका प्रहरी प्रमुख हेडक्वार्टर तानिए, आर्थिक अनियमितताकाे आराेप

Author Image
शुक्रवार, कार्तिक २, २०८१

झापा – जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए । ‘मोरङका एसपीको हेडक्वाटरमा सरुवा भएको हो’, प्रवक्ता कार्कीले भने, ‘सरुवाको कारणबारे भने मलाई जानकारी भएन ।’

प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर