Aamsanchar

दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे समातिए, पाँच लाख भन्दाधेरै रकम बरामद

Author Image
शनिवार, कार्तिक ३, २०८१

दाङ – दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले असोज महिनामा १२ दिनको अवधिमा जुवा खेल्ने र खेलाउने ४८ जनालाई पक्राउ गरेको हो । असोज १६ गतेदेखि २७ गतेसम्म जुवा खेलेको र खेलाएको आरोपमा ४८ जनालाई पक्राउ गरेको र जुवाको खालबाट पाँच लाख २७ हजार ६ सय १० रुपैयाँ बरामद भएको छ ।

प्रहरीकाअनुसार असोज १६ गते ७ जना पक्राउ पर्दा ५८ हजार चार सय ५५ रुपैयाँ बरामद भएको छ । यस्तै असोज १८ गते आठ जना पक्राउ गर्दा एक लाख ७२ हजार पाँच सय ८५, असोज २२ गते पाँच जना पक्राउ पर्दा ७० हजार एक सय १०, असोज २४ गते आठ जना पक्राउ पर्दा ७९ हजार, असोज २६ गते ११ जना पक्राउ पर्दा एक लाख ६ हजार पाँच सय ५५ र असोज २७ गते नौ जना पक्राउ पर्दा ३४ हजार पाँच रुपैयाँ बरामद भएको छ ।

दाङ प्रहरीले अघिल्लो वर्षभरि २२ जना जुवाडे पक्राउ गर्दा दुई लाख ८२ हजार दुई सय सय ७० रुपैयाँ बरामद गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर