Aamsanchar

भारतीय रकमसहित दुई जना प*क्राउ

Author Image
मङ्गलवार, कार्तिक ६, २०८१

कपिलवस्तु – कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको भारतीय रकमसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार लिङ्गेटस्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीहरूलाई चेकजाँच गर्दा २० लाख पचास हजार भारतीय रकम बरामद गरिएको बताए।

चेकजाँच गर्ने क्रममा यु पी ४५ ए एस ६६६३ नं गाडीमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट ८ लाख र यु पी ४२ डी टी ५७२१ को गाडीमा सवार सोही स्थानका ३९ वर्षीय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरिएको उनले बताए।

पक्राउ परेको रकमसहित दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर