Aamsanchar

झापामा रात्रिबसकाे ठक्करबाट इलेक्ट्रिक साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृ*”त्यु

Author Image
बुधवार, कार्तिक ७, २०८१

झापा –पूर्वबाट काठमाडौतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ को भएको बताइएको छ । उनीहरुको नाम र थर खुल्न सकेको छैन । सो घटनापछि आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ ।

आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँको अबस्था तनावग्रस्त रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर