Aamsanchar

दाङ : नदिमा नुहाउने क्रममा तीन जना बालिकाको मृ*त्युु

Author Image
बिहिवार, कार्तिक ८, २०८१

फायल तस्बिर

देउखुरी- दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।

लमही नगरपालिका–२ रनियाँपुर निवासी १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भएर अहिले लमही नगरपालिका–५ लमही गल्ली बस्ने १२ वर्षीय कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिनुभयो।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना राप्ती गाउँपालिकाको पत्थर बढवास्थित रहेको मार्टिन एकेडेमी कक्षा–४ र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुनुहुन्थ्यो।

दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतक बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर