Aamsanchar

नेपालले आज कतारसँग खेल्दै

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

काठमाडौं – एएफसी अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ। दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार खेल राति साढे ८ बजे सुरु हुनेछ। बुधबार भएको खेलमा नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित भयो। कतारले भने मंगोलियालाई पराजित गरेको छ।

समूह एफमा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।

यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर