Aamsanchar

धादिङमा इभी भ्यान दुर्घटना

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

काठमाडौं – धादिङमा इभी भ्यान दुर्घटना भएको छ। काठमाडौंबाट मनकामना जाँदै गरेको बा.प्र.०१-०३० च ७६५९ इभी भ्यान शुक्रबार दिउँसो १: ३५ बजेतिर धादिङ थाक्रे गाउँपालिका -६ नौकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीनजनाको अवस्था मध्यम छ।

 

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रल्हाद सिलवालले दुर्घटनामा ११ जना घाइते भएको अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई महादेववेशीस्थित टाइम्स केयर हस्पिटलमा उपचारका लागि पठाइएको छ। उनीहरूको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ।

इलाका प्रहरी खानिखोलाबाट प्रहरी सहायक निरीक्षक शत्रुधन प्रसाद यादवको नेतृत्वमा गएको टोलीले घाइतेहरूलाई उद्दार गरी अस्पताल पठाएको हो। माइक्रो सडकबाट करिब १५/२० मिनेट तल खसेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर