Aamsanchar

पाँचथरमा द्वन्द्वकालीन बम विष्फोटमा परी ज्यान गुमाएका नाबालकका परिवारलाई सरकारले आर्थिक सहायता दिने

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

झापा- पाँचथरमा भदौ दोस्रो साता द्वन्द्वकालीन बम विष्फोटमा परी ज्यान गुमाएका नाबालक दाजुबैनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ ।

भदौ १४ गते पाँचथरको फालेलुङ गाउँपालिका-५, डाँडागाउँका दिप्सन साँवा र प्रिन्सा साँवाको बम विष्फोटमा मृत्यु भएको थियो ।

कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले साँवा परिवारलाई एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । खेल्ने क्रममा दिउँसो करिब ३ बजे भएको विष्फोटमा ४ जना बालबालिका परेका थिए । घर नजिकै अम्रिसो बारीमा भेटिएको वस्तुलाई खेलौना जस्तो ठानेर बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो । त्यसमा अढाइ वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन गम्भीर घाइते भएका थिए ।

घाइते साँवा दाजुबैनीलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरुको मृत्यु भएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्‍ले उनीहरुको उपचारमा लागेको खर्चको बिलका आधारमा बढीमा ५ लाख रुपैयाँसम्म सहायता दिने निर्णय गरेको हो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर