Aamsanchar

कनकाई वडा स्तरीय फुटबल प्रतियोगितामा ३ नम्बरको बिजयी सुरुवात

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
यहाँस्थित होटल डिलाईट र अमेरिकास्थित पुर्व आर्मी आशिस संग्रौलाको आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर ३ ले पहिलो खेलमा जित हासिल गरेको छ । ३ नम्बरले ७ नम्बरलाई ३—१ गोल अन्तरले पराजित गरेको हो । बिजयी टिम ३ नम्बरका लागि खेलको पहिलो हाफमा सबै गोल सम्भव भएको हो । जसमा खेलको १९ मिनेटमा रोहन कार्की, २१ मिनेटमा अरुण श्रेष्ठ र २४ मिनेटमा छितिज कुवँरले गोल गर्नुभएको थियो । यता वडानम्बर ७ का खेलाडी अमुल्य लिम्बुले भने खेलको ३१ औ मिनेटमा गोल गरेपनि टिमको हारलाई भने टार्न सकेनन उनको गोल शान्तनामा परिणत भएको थियो । कनकाई ३ दोस्रो हाफमा एक खेलाडीले दोहोरो एलो कार्ड खादै मैदान बाहिरीदा कनकाई ३ नम्बर १० खेलाडीमा सिमित हुन पुगेको थियो तर ७ नम्बरले यसको फाइदा उठाउन भने सकेन ।

खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी छितिज कुँबर हुनुभयो । उहाँलाई आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला लगायातले नगद १५ सय सहित पुरस्कृत गर्नुभयो । उहाँ भारतीय टिम राजस्थान रोयल्सबाट व्यावसायिक फुटबल समेत खेलिरहनुभएको छ । कनकाई ३ राष्ट्रिय खेलाडी रोहन कार्की सहित टिममा उत्रिएको थियो । कनकाई माविको खेल मैदानमा आज कार्तिक ९ गतेदेखि आयोजित प्रतियोगिताको भोली शनिवार २ खेलहरु हुनेछन । पहिलो खेल कनकाई ९ र १ नम्बर वार्ड बिच दिउसो १ बजे र दोस्रो खेल वार्ड नम्बर ८ र ४ बिच दिउसो ३ बजे हुने छ ।

तियोगिताको उद्घाटन यस क्षेत्रका संघिय सांसद माननीय एलपीसाँबा लिम्बुले गर्नुभएको थियो । साँबाले विदेशमा रहेर पनि खेल क्षेत्रको विकासका लागि यहाँका सचेत युवाले पहल गरेको भन्दै प्रसंसा गर्नुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक दिपेन ओलीले यस क्षेत्रका खेलप्रेमी जनताको भावनालाई मर्न नदिन फुटबल खेलको आयोजना गरिएको बताउँनुभयो ।

कार्तिक १४ गतेसम्म चल्ने दसैतिहार कप नकआउँट फुटबल प्रतियोगिता बिजयी हुने टिमले नगद ७१ हजार नगद र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने छ ।
प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वार्डका ९ टिम र कनकाई भेट्रान्सको एक टिमले भाग लिने छ ।
प्रतियोगिता कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा आयोजना भइरहेको छ । खेल अघि यहाँस्थित कनकाई सुरुङ्गा प्रेस क्लव र कनकाई भेट्रान्सविच भएको मैत्रीपुर्ण खेलमा कनकाई भेट्रान्स ७— ० गोल अन्तरले बिजयी बनेको थियो ।

प्रतियोगिताको सह आयोजकमा रोट्याक्ट क्लब अफ बालकुमारी काठमाडौँ रहने जनाइएको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर