Aamsanchar

जुम्लामा तीला नदीमाथि मोटरेबल पुल

Author Image
शनिवार, कार्तिक १०, २०८१

जुम्ला – जुम्लाको तीला गाउँपालिका–१ रारामा तीला नदीमाथि मोटरेबल पुल निर्माण भएको छ । ‘स्टिल ट्रस’ पुल निर्माण भएपछि तीला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् । स्थानीयबासिन्दा, विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तीला गाउँपालिकाले जनाएको छ ।

तीला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा गाडीको पहुँच पुगेको बताउनुभयो । पुल सञ्चालनमा आएपछि तीला गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको वडाध्यक्ष रोकायाले बताउनुभयो । अब दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न पनि सहज पुग्ने तीला–९ का स्थानीयबासिन्दा खड्का रावतले बताउनुभयो ।

२०७८ सालमा सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्षको रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताउनुभएको छ ।

सङ्घीय सरकारअन्तर्गतको सडक विभागको १४ करोड रुपैयाँ बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेकोे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर