Aamsanchar

हतियारसहित दुई जना प*क्राउ

Author Image
शनिवार, कार्तिक १०, २०८१

रौतहट – सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

गुजरा नगरपालिका-३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियालाई पक्राउ गरेको हो ।

ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं.११ गणका उपरीक्षक बिक्रम हुमागाईंले बताए ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरीबल ११ नम्बर गणको संयुक्त टोलीले उनीहरुकालई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर