Aamsanchar

पक्की पुल छेउछाउका झोलुंगे पुल सार्ने तयारी

Author Image
शनिवार, कार्तिक १०, २०८१

विराटनगर – पक्की पुलको छेउछाउ निर्माण भएका झोलुंगे पुल सार्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल आसपासका प्रयोगविहीन अवस्थामा रहेका झोलुंगे पुल सार्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पहाडी क्षेत्रमा पक्की पुल आसपासका झोलुंगे पुल प्रयोगविहीन छन् । प्रयोगविहीन अवस्थामा रहेका झोलुंगे पुललाई आवश्यकता अनुसार अन्यन्त्र सार्ने निर्णय भएको उनले बताए ।

‘पहाडी क्षेत्रका धेरै ठाउँमा पक्की पुलकै आसपास झोलुंगे पुल छन् । तर, त्यस्ता पुल प्रयोगविहीन छन्,’ उनले भने,‘ पहिलो चरणमा तथ्यांक संकलन गरेर आवश्यकता अनुसार पुल स्थानान्तरण गर्छौं ।’

झोलुंगे पुल स्थानान्तरण गर्दा स्थानीय सरकारसँगको सहकार्य गरिनेछ । मन्त्रालयले सार्नुपर्ने अवस्थाका पुलको विवरण पनि माग गरेको छ ।

पहाडी क्षेत्रमा पहिले झोलुंगे पुल निर्माण भएका थिए । पछि सडक विस्तार भएपछि पक्की पुल निर्माण भयो । यातायातका लागि पक्की पुल बनेपछि यस्ता झोलुंगे पुल पुल प्रयोगमा छैनन् ।

पुल स्थानान्तरणका लागि सरकारले बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हतियारसहित दुई जना प*क्राउ
शनिवार, कार्तिक १०, २०८१
१ अर्ब बराबरको भाइमसला आयात
शनिवार, कार्तिक १०, २०८१