Aamsanchar

विश्वकप लिग–२ : आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्ने

Author Image
आइतवार, कार्तिक ११, २०८१

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

लिगमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ । नेपालले लिगमा आठ खेल  एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ ।घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले नौ खेल खेल्दा ६ जित र तीन हारसहित १२ अंक जोडेको छ । यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकाले स्कटल्यान्डविरुद्ध १० विकेटले पराजित भएको थियो । शृंखलामा नेपालको भने यो पहिलो खेल हो ।

अमेरिका र नेपालबीच लिग–२ अघि तीन खेलको ट्वान्टी–२० शृंखला भएको थियो । उक्त शृंखला नेपालले ‘ह्वाइट वास’ गरेको थियो । आज नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

अमेरिका र नेपालबीच भएका पछिल्ला पाँच एकदिवसीय खेलमध्ये दुवै टिमले समान दुई खेल जितेका छन् । यी दुई टिमबीचको अर्को एक खेल भने ‘टाइ’ भएको थियो ।

अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर