Aamsanchar

साङ्केतिक भाषा तालिम पाँचथरमा सुरू

Author Image
आइतवार, कार्तिक ११, २०८१

पाँचथर –पाँचथरमा साङ्केतिक भाषा तालिम आयोजना गरिएको छ । राष्ट्रिय बहिरा महासंघको आयोजनामा शनिबारदेखि तालिम सुरु भएको हो । तालिम चार महिनासम्म सञ्चालन हुनेछ ।

तालिमा सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा र सुस्त श्रवण भएका नागरिक सहभागी छन् । तालिममा पाँचथरका सातवटा स्थानीय तहका १३ जना सहभागी भएको अपाङ्ग सेवा संघ पाँचथरले जनाएको छ ।

तालिमको उद्घाटन राष्ट्रिय बहिरा महासंघका केन्द्रीय समिति महासचिव एवं कोशी प्रदेश अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा सम्पन्न भएको हो । तालिम टीकाराम आचार्यले सहजीकरण गरिरहेका छन् ।

अपाङ्ग सेवा संघ पाँचथरको सभाहलमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले अपाङ्गता भएका नागरिकको क्षमता विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा र सुस्त श्रवण भएका नागरिकको सूचना र सञ्चारमा पहुँच बढाउन तालिम आयोजना गरिएको महासंघका केन्द्रीय महासचि ओझाले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर